कारोबार भएकामध्ये पाँच उपसमूहका लगानीकर्तामा उत्साह
काठमाडौं। नेपाल स्टक एकस्चेञ्जका अनुसार आज कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ। यस बाहेक बाँकी ८ उपसमूहको परिसूचक भने घटेको हो। आजको दिन उत्पादन तथा प्रशोधन उपसमुहको परिसूचक सर्वाधिक ३.९ प्रतिशत बढेको छ भने व्यापार समूहको परिसूचक ३.६१ प्रतिशतले बढेको हो। बाँकी उपसमूहको परिसूचक भने १ प्रतिशत भन्दा कम रहेको नेप्सेले बताएको छ।
प्रतिक्रिया दिनुहोस्