दुग्ध विकास संस्थानले ऋण लिएर तिर्यो किसानको रकम
काठमाडौं। दुग्ध विकास संस्थानले किसानहरुको डेढ महिनाको रकम भुक्तानी गरेको छ। संस्थानले कृषि मन्त्रालयबाट २० करोड रुपैयाँ ऋण लिई किसान बक्यौता रकम भुक्तान गरेको हो। कोभिडका कारण दुध बिक्री नभएपछि किसानको बक्यौता रकम बढेको थियो। दुग्ध विकास संस्थानका अनुसार अझै पनि संस्थाले किसानलाई २५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस्