१ टीबी स्टोरेज भएको स्मार्टफोन ल्याइँदै बजारमा
काठमाडौं। चिनियाँ प्रिमियमा स्मार्टफोन ब्राण्ड जेडटीइले जेडटीइ एक्सोन ३० सिरिजका फोनहरु बजारमा ल्याउन लागेको छ। जेडटिईको उक्त नयाँ स्मार्टफोनमा २० जिबीको र्याम हुनेछ। जेडटिईको उक्त फोनमा २० गिगाबाइटको र्यामको साथै १ टीवीको इन्टर्नल स्टोरेज हुनेछ। चिनियाँ माइक्रोब्लगिङ साइट विबोमा उक्त फोनको बारेमा सार्वजनिक भएको जानकारीअनुसार फोनमा अन्डर डिस्प्ले क्यामेरा लगायतका सुविधा रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्