माथिल्लो तामाकोशी जलविद्युत आयोजना उदघाटन, ७६ मेगावाट जलविद्युतको परीक्षण काठमाडौं। बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको उद्घाटन भएको छ। बालुवाटारमा आज आयोजित भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले वटम थिचेर उद्घाटन गरेका हुन्। स्वदेशी लगानी निर्माण भएको यो आयोजना नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। प्रधानमन्त्रीले लगानी सफल भएकोमा सबैलाई बधाई दिए। आज सो परियोजनामार्फत ७६ मेगावाट जलविद्युत परीक्षण गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्