लाखौं भारतीय गरिबीमा डुब्दा दुई व्यवसायीको सम्पत्ति बढेको बढ्यै
एजेन्सी। कोरोना भाइरस महामारीका कारण लाखौं भारतीय गरिबीमा चुर्लुम्म डुबेका छन्। तर यही समयमा दुई जना भारतीय व्यापारीको सम्पत्ति अर्बौमा बढिरहेको छ। मुकेश अम्बानी र गौतम अडाणीको सम्पत्ति बढ्न कोभिडकालमा पनि रोकिएको छैन। मुकेश अम्बानीको सम्पत्ति गत वर्ष मात्रै १५ अर्ब डलर बढेको छ। यस्तै गौतम अडाणीको सम्पत्ति १३ अर्ब डलर बढेको सीएनएसनले बताएको छ।
प्रतिक्रिया दिनुहोस्