नेप्सेमा ५ अंकको गिरावट
काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२४ अंकले घटेको छ। कारोबार रकम घटेदेखि नै ओरालो लागेको बजार अन्तिममा २८ सय १८ अंकमा आएर रोकिएको हो। यस क्रममा आज ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो पछिल्लो दुई महिना यताकै न्यून कारोबार हो। यस्तै आज एक करोड एक लाख कित्ता सेयर किनबेच भएको छ।
प्रतिक्रिया दिनुहोस्