स्मार्टडोकोले मनसुन अफर सुरु गर्ने काठमाडौं। ई–कमर्श कम्पनी स्मार्टडोकोले मनसुन अफर ल्याउने भएको छ। आईएमएस ग्रुपको लगानी भित्रिएपछि कम्पनीले मनसुन अफर ल्याउने भएको हो। मनसुन अफरमा हरेक दिन एक भाग्यशाली विजेताले एउटा सामसुङ घडी जित्ने छन्। यसका लागि ग्राहकले एक हजार ५०० रुपैयाँभन्दा बढीको सामान खरिद गर्नुपर्नेछ। यस्तै कम्पनीले आफ्ना ग्राहकलाई छुटको व्यवस्थासमेत यस अफरमा दिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्