पाइडल नमारी ८० किलोमिटरसम्म चल्ने साइकल
एजेन्सी। भारतीय बजारमा पाइडल नमारी ८० किलोमिटरसम्म चल्ने साइकल सार्वजनिक भएको छ। इलेक्ट्रिक मोबिलिटी स्टार्टअपले यस्तो साइकल सार्वजनिक गरेको हो। सामान्य साइकल जस्तै देखिने यो साइकल विद्युतीय ब्याट्रीबाट आफैँ चल्छ। ब्याट्री सकिएपछि मात्रै पाइडल दबाउन पर्ने बताइएको छ। यस साइकलको मूल्य ४८ हजार ९०० भारतीय रुपैयाँबाट सुरु हुन्छ। यसमा कम्पनीले २५० वाटको ब्याट्री राखेको छ।
प्रतिक्रिया दिनुहोस्