अमेरिकामा निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थप एजेन्सी। संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट छ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ। अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी स्वचालित तथ्यांक प्रशोधन (एपीडी)का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताए। सन् २०२१को शुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्