२८ सय बिन्दुमा आइपुग्यो नेप्से परिसूचक
काठमाडौं। सेयर बजार परिसूचक निरन्तर घट्न थालेको छ। अघिल्लो जेठ महिनाको ३१ गते तीन हजार २५ बिन्दुमा रहेको नेप्से परिसूचक त्यसयता निरन्तर घटेको हो। आज असार २३ गतेसम्ममा २ सय २९ अंकले घट्दै परिसूचक २८ सय ०१ अंकमा आइपुगेको छ। असार पहिलो सातादेखि नै घट्न थालेको बजार अधिकांश दिनमा घट्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्