भारतका १४ बैंकलाई २ करोड भारुसम्मको जरिवाना एजेन्सी। भारतका १४ वटा बैंकलाई भारतीय रिजर्व बैंकले ५० लाख भारुदेखि २ करोड भारु जरिवाना लगाएको छ। बुधबार एक पत्र जारी गर्दै सरकारी तथा निजी बैंक गरी उक्त संख्याका बैंकलाई कुल २ करोड भारु जरिवाना तोकिएको हो। बैंकहरुले केन्द्रीय बैंकको नियम पालना नगरेकाले प्रति बैंक ५० लाख भारुदेखि २ करोड भारुसम्म जरिवाना लगाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्