३६ लाखले खोले डिम्याट खाता
काठमाडौं। पछिल्लो समय नेपालमा डिम्याट खाता खोल्नेको संख्या दिनदिनै बढ्न थालेको छ। सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म नेपालमा ३६ लाख ७९ हजार जनाले डिम्याट खाता खोलिसकेका छन्। गत वर्षको लकडाउनपछि बढ्न थालेको डिम्याट संख्या एक वर्षमै दोब्बर बनेको हो। अघिल्लो वर्षको लकडाउन अघि मुस्किलले ८ लाख जनाले आईपीओमा आवेदन गर्नेमा हाल २० लाखभन्दा बढीले आवेदन गर्न थालेका छन्।
प्रतिक्रिया दिनुहोस्