नेपाली बजारमा आयो विद्युतीय गाडी ‘निशान लिफ’
काठमाडौं। निशान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले बुधबार ‘निसान लिफ’ नामको गाडी सार्वजनिक गरेको छ। यसमा ८ वर्षको ब्याट्री ग्यारेन्टी भएको र एकपटक फुल चार्ज गरेपछि ३११ किलोमिटरसम्म चल्न सक्ने कम्पनीले बताएको छ। निशान लिफको मूल्य ५९ लाख ९९ हजार नेपाली रुपैयाँ रहेको छ। बुधबारबाट गाडीको बुकिङ समेत खुलेको छ।
प्रतिक्रिया दिनुहोस्