काष्ठमण्डप पुनः निर्माण अन्तिम चरणमा काठमाडौं। काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनर्निर्माण भइरहेको छ। भूकम्पबाट क्षतिग्रस्त बनेको काष्ठमण्डपको पुननिर्माणको काम ०७५को वैशाखबाट सुरु भएको थियो। अहिलेसम्म ९० प्रतिशत सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले बताए। नर्माणको लागि चाहिने काठ उपभोक्ता समितिले तराईका जिल्लाबाट ल्याइने गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्