नेपालमा खरीद गरिएका फोनको आइएमइआई दर्ता गर्नुनपर्ने रासस। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई) नम्बर दर्ता गर्नुनपर्ने जनाएको छ। प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्नुनपर्ने बताएको हो। मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न यो नियम ल्याइएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्