इजरायलबाट २० करोड बराबरको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो काठमाडौं। इजरायलमा रहेका विभिन्न समुदायले ५८ थान भेन्टिलेटरसहित २० करोड रुपैयाँको स्वास्थ्य सामग्री नेपाल पठाएका छन्। कोरोना विरुद्धको लडाइँमा नेपाल सरकारलाई सघाउन ती सामाग्री पठाइएको हो। नेपाल वायुसेवाको २३५३‘चार्टड फ्लाइट’ मार्फत ती सामग्री आज काठमाडौं ल्याइएको हो। स्वास्थ्य सामग्री इजरायल सरकार,इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यवसायिक क्षेत्र,इजरायलमा रहेका नेपाली लगायतबाट सहयोगस्वरुप प्राप्त भएको इजरायलको लागि नेपाली राजदूत अन्जान शाक्यले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्