आईएमईआई लागू भएपछि करको दायरा बढ्ने काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले एमडिएमएस प्रणाली लागू भएपछि करको दायरा बढ्ने बताएका छन्। उनले नेपालमा बिक्री हुने ४०अर्बको मोबाइलमध्ये १३अर्बको मोबाइल अवैधमार्ग हुँदै आउने गरेकाले एमडिएमएस लागूभएपछि यस्तो रोकिने बताए। जसकारण कर तिरेर वैधमार्गबाट मोबाइल आउन थालेपछि सरकारको करको दायरा बढ्ने उनको भनाई छ। यसैगरी यो प्रणाली लागूभएपछि चोरी भएको मोबाइल भेट्नसमेत सहज हुने मलहोत्राले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्