युनियन लाईफको आईपीओमा कति पर्‍यो आवेदन? काठमाडौं। युनियन लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा पहिलो दिन नै ४ लाख ६१ हजार जनाको आवेदन परेको छ। दिउँसो ५ बजेसम्म उक्त आवेदकले आवेदन गरेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले बताएको छ। ती आवेदकले ८२ लाख ४७ हजार कित्ता सेयरका लागि आवेदन गरेका हुन्। कम्पनीले आजदेखि एक सय रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्