ब्राजिलसँग नेपालको व्यापार घाटा एक अर्ब काठमाडौं। नेपाल–ब्राजिलबीचको वैदेशिक व्यापारमा नेपाल एक अर्ब २७ करोड रुपैयाँले घाटामा छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपाल ब्राजिलसँग सो घाटा ब्यहोरेको हो। यस अवधिमा नेपालले एक अर्ब ३० करोड रुपैयाँको आयात हुँदा नेपालबाट जम्मा दुई करोड ८३ लाख रुपैयाँको निकासी भएको छ। ब्राजिलबाट नेपालमा कच्चा सोयाबिन तेल, कफी लगायतका वस्तु आयात हुने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्