काठमाडौं महानगरपालिकाले नगरवासीको ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा महानगरवासीको ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/०७९का लागि प्रस्तावित बजेट सर्वसम्मतले शुक्रबार पारित गर्दै महानगरपालिको उक्त घोषणा गरेको हो। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्ष महानगरको १५ अर्ब५० करोड रुपैयाँको बजेट रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्