बैतडीमा बढ्यो एकल पुरुषको भत्ता काठमाडौं। बैतडीमा दिँदै आइएको एकल पुरुष भत्तामा वृद्धि गरिएको छ। जिल्लाको मेलौली नगरपालिकाले प्रतिमहिना रु एक हजार पाँच सयका दरले दिँदै आएको भत्तामा हाल रु पाँच सयले वृद्धि गर्दै दुई हजार पुर्याएको हो। नगरपालिकाले गएको तीन वर्षदेखि ५० वर्ष माथि र ६० वर्ष मुनिका विदुरलाई भत्ता दिँदै आएको छ। हाल ८८ एकल पुरुषले भत्ता लिँदै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्