घरघरबाट फोहोर किन्दै घोराही उपमहानगर
रासस। घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ। गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पु¥याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ। उपमहानगरपालिकाले गत शुक्रबारदेखि नागरिकहरुको घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो। बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय समेत लाभान्वित हुने भएका छन्।
प्रतिक्रिया दिनुहोस्