राजश्व संकलनका लागि शनिबार पनि बैंक खुला काठमाडौं। राजश्व संकलन गर्न बैंकका शाखा शनिबार पनि खुलेका छन्। राजश्व संकलनमा समस्या नहोस् भनेर आज पनि सबै बैंक खुला गरिएको जनाइएको छ। त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गतेपछि शनिबार परे शाखा कार्यालयहरु खुला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिएको थियो। केन्द्रीय बैंकको निर्देशनअनुरुप बैंकहरु खुल्ला रहेका राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्