विराटनगर भन्सारबाट वस्तुको आयात बढ्यो
काठमाडौं। चालु आर्थिक वर्षमा विराटनगर भन्सारबाट वस्तुको आयात बढेको विराटनगर भन्सारका सुचना अधिकारी सन्तोष यादवले बताए। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म विराटनगर भन्सारबाट ३० अर्ब ९८ करोडरुपैयाँ बराबरको सामान निर्यात भएको छ। यसैगरी ११ महिनाको अवधिमा एकखर्ब ७१ अर्ब ३९ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो। निर्यातभन्दा एकखर्ब ४० अर्ब ४१ करोडरुपैयाँ बढीको सामान आयात भएको यादवले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्