१५ महिनामा वैदेशिक रोजगारीमा गएका ७४१ जनाको शव नेपाल ल्याइयो काठमाडौं। पछिल्लो १५ महिनामा वैदेशिक रोजगारीमा गएका ७ सय ४१ जनाको शव उद्धार गरी नेपाल ल्याइएको छ। कोरोना महामारी सुरु भएयताको १५ महिना (२०७७ वैशाखदेखि २०७८ असार २५ गतेसम्म)को अवधिमा ती शव बिभिन्न देशबाट ल्याइएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ। औषतमा प्रत्येक महिना ४९.४ जना नेपालीको शव विदेशबाट नेपाल आउने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्