एघार महिनामा डेढ अर्बको जीवित पशुपन्छी नेपाल भित्रिए
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो एघार महिनामा विभिन्न देशबाट एकअर्ब ४१ करोड ५७ लाख ८९ हजारको पशुपन्छी भित्रिएका छन्। सो अवधिमा खसी, भेडा, कुखरा, हाँस, घोडा लगायतका जिवित पशुपन्छी नेपाल भित्रिएका हुन्। सोही अवधिमा नेपालबाट कुनै जीवित पशुपन्छी अन्य देश निर्यात नभएको भन्सार विभागले जनाएको छ। सो अवधिमा नेपालले १३ लाख ९१ हजार ८७४वटा जीवित पशुपन्छी आयात गरेको छ।
प्रतिक्रिया दिनुहोस्