सामसुङको उत्पादन ७० प्रतिशतसम्म घट्ने एजेन्सी। दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसुङले जुलाई महिनामा ७० प्रतिशतसम्म उत्पादन घट्नसक्ने बताएको छ। कम्पनीले आफ्ना रिटेलर्ससँग यस्तो बताएको हो। कोभिड–१९ महामारीबाट उठ्ने प्रयास गरेपनि विश्वभरका उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा काम गर्न सकेका छैनन्। त्यस्तै एप्पल, सोओमी, वानप्लस र रियलमी जस्ता कम्पनीको उत्पादन पनि घट्ने देखिएको छ। एप्पलसहित सबै स्मार्टफोन निर्माता कम्पनीको उत्पादन घट्नुमा मेमोरीकार्डको अभाव मुख्य कारण हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्