सेयर बजारमा उत्साहजनक वृद्धि काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साहजनक वृद्धि आएको छ। नेप्से परिसूचक ७४ अंकले बढ्दै २९ सय अंक नजिक पुगेको छ। सेयर परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भई तीन करोड १५ लाख कित्ता सेयर किनबेच भएको छ। अघिल्लो साताको बिहीबार पनि नेप्सेमा वृद्धि देखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्