२४ कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ७३ अंकले बढेको दिन आज २४ वटा कम्पनीको सेयर मूल्य बढेको छ। ती कम्पनीको सेयर मूल्यमा खरिदकर्ताको चाप परेपछि मूल्य उच्च अंकले बढेको हो। योसँगै निरन्तर घट्न थालेको नेप्से परिसूचकमा नयाँ रौनक फर्किएको छ। बढेकामध्ये तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यसबाहेक अन्य २१ वटा कम्पनीको सेयर मूल्यमा भने ९ प्रतिशतको वृद्धि आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्