तल्लो अरुण आयोजना बनाउने जिम्मा भारतीय कम्पनीसँग काठमाडौं। ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको छ। नेपाल लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतजल जलविद्युत निगम (एसजेभीएन)बीच आयोजना निर्माण गर्ने सम्झौता भएको हो। बोर्ड र कम्पनीबीच आज भएको समझदारीपत्र (एमओयू)को हस्ताक्षर अनुसार भारतीय कम्पनीले आगामी सातवर्षभित्र निर्माण पुरा गरिसक्नुपर्नेछ। यो आयोजना संखुवासभा र भोजपुर जिल्लामा अवस्थित रहेको लगानी बोर्डले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्