मन्त्रालयको प्रष्टोक्ति, ‘निगमलाई नीजिकरण गर्ने छलफल पनि भएको छैन’
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना नभएको बताएको छ। मन्त्तालयले विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा हालसम्म कुनै छलफल नै नभएको स्पष्ट पारेको छ। निगमको विषयमा भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको हो। विज्ञप्तिमा सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीको हस्ताक्षरित रहेको छ।
प्रतिक्रिया दिनुहोस्