बाढीले अवरुद्ध १० मेगावाट क्षमताको तल्लो मोदी ‘१’ को उत्पादन सञ्चालनमा
रासस। बाढीले क्षति पुर्याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ। यही असार २२ गते आएको बाढीका कारण ठप्प रहेको आयोजनाको उत्पादन एक सातापछि आइतबार साँझदेखि सञ्चालनमा आएको हो। जिल्लाको कुश्मा नगरपालिका–८ दोबिल्लामा रहेको सुन्दरेखोलामा आएको बाढीले मुहान र झण्डै ३०० मिटर नहरमा क्षति पुर्याएको थियो भने मोदीखोलामा आएको बाढीले मुहानमा समेत क्षति पुर्याएको थियो।
प्रतिक्रिया दिनुहोस्