सेयर बजारमा ४४ अंकको गिरावट
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार ४४.९८ अंकले घटेको छ। आइतबार ७४ अंकले बढेको नेप्से परिसूचक आज घटेको हो। नेप्सेको अनुसार कारोबारको सुरुदेखि नै घटेको बजार २ हजार ८५४.८४ अंकमा बन्द भएको हो। यसैगरी आज नौ अर्ब ९८ करोड रुपैयाँको कारोबार भई दुई करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ।
प्रतिक्रिया दिनुहोस्