मकवानपुरको सीमभञ्ज्याङमा सातवटा कृत्रिम ताल बन्ने
रासस। मकवानपुरको सबैभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा सातवटा कृत्रिम ताल निर्माण गरिने भएको छ। बहुवर्षीय योजनाअन्तर्गत सो ताल निर्माण गर्न बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा रु ३३ लाख बजेट विनियोजन गरेको छ। प्रदेश भौतिक पूवार्धार विकासमन्त्री रामेश्वर फुयाँलले थाहा नगरपालिका–४ सीमभञ्ज्याङ क्षेत्रको सौन्दर्यीकरण र सीमसार क्षेत्र संरक्षणसहित सडक किनारामा ताल निर्माण गर्न लागिएको बताए।
प्रतिक्रिया दिनुहोस्