ढुवानी गरियो दुई करोडभन्दा धेरै लेनोभोका विद्युतीय सामग्री
काठमाडौं। सन् २०२१ को दोस्रो त्रैमासमा लेनोभोले दुई करोड थानभन्दा बढी ल्यापटपसहित अन्य ग्याजेट्स ढुवानी गरेको छ। अन्तर्राष्ट्रिय डेटा निगम (आईडीसी)का अनुसार हङकङ टेक जाइन्ट लेनोभोले उक्त संख्यामा ल्यापटपसहित अन्य सामग्री ल्याएको हो। तथ्यांक अनुसार २०२१ को दोस्रो त्रैमाससम्ममा जम्मा आठ करोड ३६ लाख युनिट ल्यापटप भित्र्याएको थियो। जसमध्ये डेक्सटप, नोटबुक र वर्क स्टेसन लगायतका सामानहरू विश्वभर ढुवानी गरिएको हो।
प्रतिक्रिया दिनुहोस्