विश्वका ३८ देश, जहाँ नेपालबाट कुनै वस्तु जाँदैन, आयात भने हुन्छ काठमाडौं। विश्वका ३८ वटा देश, जहाँ नेपालबाट कुनै पनि वस्तु निर्यात हुँदैन, आयात भने हुन्छ। भन्सार विभागका अनुसार ती ३८ देशबाट चालु आर्थिक वर्ष २०७७÷७८को पहिलो ११ महिनामा १२ अर्ब ७९ करोड ९७ लाख ५४ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। ती देशहरुमा पराग्वे,जोर्डन,ग्वाँटेमाला,बेलारुस,दक्षिण कोरिया,बोलेभिया,बेनिन, बोन,मलावी, स्वाजील्याण्ड,कोस्टारिका,डोनेनिकन रिपब्लिक,पपुवा न्युगिनी,सर्विया, माल्दोभा,कोमोरस, मंगोलिया,ग्रेनाडा, अमेरिकन सामोआ, कजाकास्तान,सियरा लियोन,इक्वेडर,बोत्स्वाना, निकारागुवा, एल साल्भाडोर,अल्बानिया, घाना,मालीलगायत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्