सरकारले रोक्यो निर्माण व्यवसायीको भुक्तानी काठमाडौं। सरकारले सार्वजनिक खरिदका निर्माण कार्यको भुक्तानी रोकेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत ६ महिना म्याद थप्ने भनिएपनि सरकारले भुक्तानी रोकेको हो। म्याद थप नगरी ठूलो भुक्तानी रोकेपछि निर्माण व्यवसायी महासंघले विरोध गरेको छ। आर्थिक वर्ष सकिन लाग्दा पनि व्यवसायीको भुक्तानी रोक्दा निर्माण व्यवसायीलाई समस्या परेको महासंघले बताएको छ। रोकिएको भुक्तानी तत्काल दिन र म्यादसमेत थप्न महासंघले माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्