मौद्रिक नीति परिवर्तन गर्दै नयाँ अर्थमन्त्री काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको मौद्रिक नीति परिवर्तन गर्ने तयारी थालेका छन्। निर्वतमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फाइनल गरेको मौद्रिक नीतिका केही बुँदा शर्माले परिवर्तन गर्न लागेका हुन्। परिवर्तन हुने भएपछि फाइल भइसकेको मौद्रिक नीतिको मिति सर्ने सम्भावना बढेको छ। यसअघि नेपाल राष्ट्र बैंकले साउनको पहिलो सातामै मौद्रिक नीति ल्याउनेगरी काम अगाडी बढाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्