अर्थमन्त्रालयले खोप किन्न छुट्यायो ५ अर्ब काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको पद सम्हालेलगत्तै खोप किन्न ५ अर्ब रुपैयाँ विनियोजन गरेका छन्। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो निर्णय स्वरुप खोप किन्न उक्त रकम छुट्याएका हुन्। यसैगरी उनले स्वास्थ्य मन्त्रालयले पेस गरेको तीनवटा फाइललाई स्वीकृती दिँदै स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि विशेष जोखिम भक्ताकोसमेत व्यवस्था गरेका छन्। निर्वतमान सरकारले आगामी आर्थिक वर्ष२०७८/७९को बजेटमार्फत खोप किन्न २६अर्ब रुपैयाँ छुट्याएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्