अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा रासस। बाढीपहिरोले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारीसाधन सञ्चालनमा आएको छ। चीनसँगको प्रमुख व्यापारिक नाकाको रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भाटेकोशी बाढीले कटान तथा पहिराले ५० मिटर सडकमा क्षति पु¥याएको थियो। अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनीयर गोविन्द डुमरीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्