२८ प्रतिशतले बढ्यो सार्वजनिक यातायातको भाडा काठमाडौं। सरकारले लामो दुरीका सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले आज जारी गरेको सूचनाअनुसार यात्रुबाहक यातायातको भाडा २८ प्रतिशतले बढेको हो। योसँगै विभागले पहाडमा चल्ने मालबाहक सवारीसाधनको भाडा २० र तराईमा चल्ने मालबाहक सवारीको भाडा २६ प्रतिशतले बढेको विभागले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय बजारको बढेको पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर नेपालमा परेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्