मेलम्ची खानेपानी आयोजनामा दुई अर्बको क्षति
काठमाडौं। असार पहिलो साता सिन्धुपाल्चोकमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा दुई अर्बको क्षति पुर्याएको आँकलन गरिएको छ। आयोजनाका प्रवक्ता राजेन्द्र पन्तीले भने, “आयोजनाको हेडबक्स सुरुङ, मुहान र मेलम्ची खोलामा क्षति पुगेको छ। यस्तै, हेडबक्ससम्म पुग्ने पुल पनि बगाएको छ।” प्राविधिकहरुले गरेको सर्वेबाट दुई अर्ब क्षति भएको तथ्य आएको र यो अझै बढ्न सक्ने पन्तीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्