बोर्डले तयार पार्यो पोखराको पर्यटकीय ब्राण्ड काठमाडौं। नेपाल पर्यटन बोर्डले पोखराको पर्यटकीय ब्राण्ड तयार पारेको छ। बोर्डले पर्यटकीय गतिविधि बढाउने लक्ष्यसहित पोखराको‘पोखरा, पियोर एज प्याराडाइज’नामक ब्राण्ड तयार पारेको हो। यसअघिको प्याराडाइज पोखरालाई परिमार्जन गर्दै नयाँ ब्राण्ड तयार पारेको बोर्डले बताएको छ। बोर्ड नेपालका पर्यटकीय सम्भावना बोकका विभिन्न स्थानको ब्राण्ड तयार पार्दै आएको छ। यहीक्रममा पोखराको पुरानो ब्राण्ड परिमार्जन गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्