पेट्रोलियम पदार्थको मूल्य घट्यो काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगकाे वार्तापछि मूल्य घटाइएको हो। निगम सञ्चालक समितिले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्