दश महिनामा ८१ अर्ब ४३ करोड वैदेशिक सहायता प्राप्त
काठमाडौं।सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा विभिन्न दातृ राष्ट्र तथा निकायबाट ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरिसकेको छ। अर्थ मन्त्रालयका अनुसार प्राप्त वैदेशिक सहायतामा १४ अर्ब ३३ करोड रुपैयाँ अनुदान र ६७ अर्ब १० करोड रुपैयाँ ऋणको हिस्सा रहेको छ। २०७७ साउन देखि २०७८ वैशाखसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्राप्त गरेको हो।
प्रतिक्रिया दिनुहोस्