सबैभन्दा बढी वैदेशिक सहयाता प्रतिबद्धता सडक र उर्जा क्षेत्रमा
काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा सबैभन्दा बढी वैदैशिक सहायता प्रतिबद्धता सडक र उर्जा क्षेत्रमा प्राप्त भएको छ।अर्थ मन्त्रालयका अनुसार कुल २ खर्ब २ अर्ब २८ करोड वैदेशिक सहायता प्रतिबद्धतामा २६.७ प्रतिशत सडक, २२.९ प्रतिशत उर्जा र ११.७ प्रतिशत बजेटरी सहायताको रुपमा आएको छ।कुल वैदैशिक सहायताको ५ प्रतिशत कोभिड नियन्त्रण र २.२ प्रतिशत स्वास्थ्य क्षेत्रमा आएको छ।
प्रतिक्रिया दिनुहोस्