लक्ष्यको २७ प्रतिशत मात्रै अनुदान
काठमाडौं। सरकारले चालू आर्थिक वर्षमा लिएको अनुदानको लक्ष्य पूरा नहुने देखिएको छ। आज आर्थिक वर्षको अन्तिम दिनसम्ममा जम्मा लक्ष्यको २७ प्रतिशत अनुदान आएको महालेखा नियन्त्रक कार्यालयले बताएको छ। आजसम्म जम्मा १६ अर्ब ९३ करोड ४४ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ। तर, सरकारले चालू वर्षको बजेटमा अनुदानबाट ६० अर्ब ५२ करोड ७२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो।
प्रतिक्रिया दिनुहोस्