आईपीओ ल्याउँदै भारतीय डिजिटल पेमेन्ट कम्पनी पेटीएम एजेन्सी। भारतको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म पेटीएमले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यही वर्षभित्र आईपीओ निष्कासन गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। पेटीएमको प्यारेन्ट कम्पनी वान ९७ कम्युनिकेसन आईपीओ निष्कासनका लागि नियामकसमक्ष पुगिसकेको छ। यस कम्पनीको बजार मूल्य २४ अर्ब अमेरिकी डलर बराबरको छ। पेटीएम भारतको नम्बर एक अनलाईन भुक्तानी कम्पनी हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्