राष्ट्र बैंकले बनायो आफ्नै मोबाईल एप काठमाडौं। नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ। राष्ट्र बैंककी डेपुटी गर्भनर डा.निलम ढुंगाना तिम्सिनाले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाइल एप सार्वजनिक गरेकी हुन्। अबदेखि बैंकले एपमार्फत बैंकका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्क लगायतका सूचना प्राप्त गर्न सकिन्छ। हाल वेटा भर्सजनमा सार्वजनिक भएको एप केही समयपछि आईओएस अपरेटिङ सिस्टममा लैजाने बैंकले जानकारी गराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्