राहत र पुनरुत्थानमा जोड दिन्छौं : अर्थमन्त्री काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ बाट प्रभावितलाई राहत दिने तथा आर्थिक पुनरुत्थानमा जोड दिने बताएका छन्। बुधबार पदभार ग्रहण गर्दै उनले कोभिडबाट प्रभावित उद्योग व्यवसायको संकटमा मलम लगाउने तथा कमजोर अर्थतन्त्रको पुनरुत्थानका लागि काम गर्ने बताएका हुन्। अर्थमन्त्री शर्माले नयाँ बजेटका विषयमा छलफल गर्ने र आर्थिक वर्षको अन्तिममा पुँजीगत बजेट खर्च गर्ने प्रवृत्तिमा सुधार ल्याउने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्